सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा परेको कैलालीको निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। १५औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को आय विवरण अनुसार आफ्नो कार्यक्षेत्र अन्तर्गतका करदाता मध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै निसर्ग अस्पताललाई सम्मान गरेको हो।अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई उक्त सम्मान प्रदान गरिएको हो।

स्वास्थ्य सेवा प्रवाहमा सक्रिय निसर्ग अस्पतालले सेवामूलक कार्यसँगै राज्यप्रतिको आर्थिक दायित्व निर्वाहमा समेत जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रिय कर दिवसको अवसरमा प्राप्त यस सम्मानले अस्पतालको संस्थागत पहिचान र जिम्मेवार कर सहभागितालाई थप उजागर गरेको छ ।
यसै अवसरमा निसर्ग अस्पताल संगै आयुष सर्जिकल क्याम्प र NAST स्कुल पनि आन्तरिक राजस्व कार्यालय धनगढीबाट सम्मानित भएका छन् ।