नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । सिम्रन सन् २०१२ को मिस लिटल आइडल समेत हुन् ।

रोहितको विवाहका लागि कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए । यसअघि करण केसीले पनि नेपालबाहिर बिहे गरेका थिए । उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग विवाह गरेका थिए । टि२० र एकदिवसिय दुवै फर्म्याटमा नेपाली टोलीको कप्तानी गरेका रोहितले फ्रेन्चाइज क्रिकेटमा लुम्बिनी लायन्सको कप्तानी गर्दै दोस्रो संस्करणको एनपीएलको उपाधि समेत जिताए ।
