You are currently viewing आजदेखि चहलपहल थप बढ्योः सार्वजनिक गाडी चल्न थाले

आजदेखि चहलपहल थप बढ्योः सार्वजनिक गाडी चल्न थाले

२९भाद्र,धनगढीः आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कर्फ्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । देशभरको जनजीवन सामान्य बनेको छ । पसल तथा होटल पनि खुलेका छन् । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply