You are currently viewing खेल सप्ताहको अवसर पारेर विद्याभुषण स्कुलमा रक्तदान कार्यक्रम आयोजना

खेल सप्ताहको अवसर पारेर विद्याभुषण स्कुलमा रक्तदान कार्यक्रम आयोजना

धनगढी १३ मोहनपुरमा रहेको विद्याभुषण पब्लिक स्कुलले खेल सप्ताहको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ११ पिन्ट रगत जम्मा भएको विद्यालयका संस्थापक प्रिन्सिपल डिकेन्द्र जंग कुँवरले जानकारी दिए । खेल सप्ताहको अवसरमा दन्त जाँच कार्यक्रम पनि आयोजना गरिएको थियो ।


मानसरोबर डेन्टल क्लिनिकका दन्त चिकित्सक एच.पी.महतोको टोलीद्वारा ५३ जना अभिभावक र ३० जना शिक्षक तथा कर्मचारीहरुको दन्तजाँच गरिएको थियो ।


विद्यालय प्रशासनले खेल सप्ताहलाई केवल खेलकुदमा मात्र सिमित नराखी सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमसँग जोडेर विद्यार्थीहरूमा सामाजिक जिम्मेवारी र स्वास्थ्यप्रतिको सचेतना बढाउने उद्येश्यका साथ यस्ताखाले कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल कुँवरले बताए ।

विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै पौष २९ गतेबाट सुरु भएको खेल सप्ताह माघ ७ गतेसम्म समापन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply