You are currently viewing एक्सिस साहित्य उत्सव : कविता वाचनमा मावितर्फ डिस्कभरी बो.स्कुल तथा आधारभुत तहतर्फ सत्यवति एकेडेमी प्रथम

एक्सिस साहित्य उत्सव : कविता वाचनमा मावितर्फ डिस्कभरी बो.स्कुल तथा आधारभुत तहतर्फ सत्यवति एकेडेमी प्रथम

धनगढी उपमहानगरपालिका वडा न।५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले आयोजना गरेको एक्सिस साहित्य उत्सवमा छन्द कविता वाचन मावितर्फ डिस्कभरी बो.स्कुल प्रथम भएको छ । विद्यालयकी छात्रा प्राप्ति बस्नेतले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै सत्यवती एकेडेमी अत्तरीयाका रमेश ओझाले दोश्रो स्थान हाँसिल गरे भने थ्रीस्टार बोर्डिङ स्कुलकी समिक्षा खत्रीले तेश्रो स्थान हाँसिल गरेका हुन ।


कविता वाचनमै आधारभुत तहतर्फ सत्यवति एकेडेमी प्रथम स्थान हाँसिल गरेको छ । एकेडेमीकी ताजश्री मल्लले प्रथम स्थान हाँसिल गरिन । त्यस्तै डिस्कभरी बो.स्कुलकी आयुषा खड्काले दोश्रो स्थान हाँसिल गरिन भने एक्सिस विद्याश्रमका चाणक्य भट्टले तृतिय स्थान हाँसिल गरे । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

सहिद दिवसको अवसर पारी विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका गरी १५ विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । पुस्तक समिक्षा,कविता वाचन,स्ल्याम कविता वाचन र लघुकथा वाचन गरी ४ विधामा प्रतियोगीता गराइएको उक्त एक्सिस साहित्य उत्सवमा विद्यार्थीहरुले उत्कृष्ट सिर्जना पस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply