You are currently viewing अस्ट्रेलियन चर्चित बिग ब्यास लिगको उद्घाटन खेल भारतमा आयोजना हुने लगभग निश्चित

अस्ट्रेलियन चर्चित बिग ब्यास लिगको उद्घाटन खेल भारतमा आयोजना हुने लगभग निश्चित

अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेट २०२६–२७ सिजनको उद्घाटन खेल चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा हुने लगभग निश्चित भएको छ ।

क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमै चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो । त्यसपछि भएको छलफलमा तमिलनाडू क्रिकेट एसोसिएसन र बीसीसीआईबाट सकारात्मक प्रतिक्रिया मिलेपछि योजना अघि बढेको हो।
सोमबार क्रिकेट अस्ट्रेलियाको पाँच सदस्यीय टोली चेन्नई सुपर किङ्सको घरेलु खेलका क्रममा मैदान निरीक्षणका लागि चेन्नई पुगेको थियो ।

बीबीएलको कुनै खेल भारतमा आयोजना गर्ने योजना सफल भए यो पहिलो पटक हुनेछ । कुन दुई टोलीबीच खेल हुने भन्ने टुंगो लागिसकेको छैन, तर सिड्नी थन्डर, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक रहेको बताइएको छ ।
यद्यपी सरकारी तहमा केही अन्तिम छलफल बाँकी रहेकाले औपचारिक घोषणा हुन भने अझै समय लाग्नेछ ।

-क्रिकइन्फोबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply