एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा हुने उक्त खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुदमा छनोट हुनेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले यसअघि घरेलु टोली मलेसियासाग दुई खेलको टि२० सिरिज क्लिन स्वीप गरेको थियो । टिम राम्रो लयमा रहेका कारण नेपाल एसियन खेलकुदमा अवश्य छनोट हुने कप्तान इन्दु बर्माले प्रतिक्रिया दिएकी छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?