KLANG, MALAYSIA - MAY 28: Pictures from the match between Indonesia and Nepal during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 28, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
मलेसियामा जारी एसियाली खेलकुद छनोटको खेलमा इन्डोनेसियाले नेपाललाई १ सय १४ रनको लक्ष्य दिएको छ।
KLANG, MALAYSIA – MAY 28: Pictures from the match between Indonesia and Nepal during the Asian Games Qualifier Women’s 2026 at Bayuemas Oval on May 28, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो ।
इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु केतुत वेसिका रतना देवीले २३ रन बनाइन् । नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् ।
KLANG, MALAYSIA – MAY 28: Pictures from the match between Indonesia and Nepal during the Asian Games Qualifier Women’s 2026 at Bayuemas Oval on May 28, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो ।