कैलाली जनपुस्तकालयले साहित्यककारहरुसँग पुस्तकालय नामका कार्यक्रम आयोजना गरेको छ । शनिबार पुस्तकालयका अध्यक्ष विशराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त छलफल तथा अन्तक्रिया कार्यक्रममा यस क्षेत्रमा पठन संस्कृतिको कसरी विकास गर्न सकिन्छ भन्ने बारे साहित्यकार र प्रबन्ध समितिबीच घनिभुत छलफल भएको हो ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले पछिल्लो समय पुस्तक समिक्षा,रचना वाचन जस्ता कार्यक्रम धनगढीमा कम भईरहेको भन्दै यस्तखाले कार्यक्रमहरु बढी आयोजना गर्नुपर्ने सुझाव दिएका छन । त्यस्तै केहि श्रष्टाहरुले विद्यार्थीहरुले पुस्तकालयले उपलब्ध गराउँदै आएका सेवाहरु थाहा नपाएको र पुस्तकालयले पनि बालबालिका लक्षित कार्यक्रम बढी आयोजना गर्नुपर्ने सुझाव दिएका छन ।
साहित्यकारहरुले दिनुभएका सुझावहरु निकै महत्वपूर्ण भएको भन्दै कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाले आगामी दिनमा वार्षिक क्यालेण्डर नै तयार गरेर साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने बताएका छन । कार्यक्रममा यस क्षेत्रका दर्जनौं सष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सुभाष संकल्प भण्डारीले गरेका थिए भने स्वागत उपाध्यक्ष टंक प्रसाद जोशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?