असार १५,कैलाली: धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलका कक्षा ४ का विद्यार्थीहरुले वडा न. ७ को प्रशासनिक भवनको स्थलगत भ्रमण गरेका छन । विद्यार्थीहरुले वडाबाट प्रवाह हुने सेवाबारे वडाका जनप्रतिनिधि र कर्मचारीबाट जानकारी लिएको विद्यालयका प्रिन्सिपल भुवन मल्लले जानकारी दिए । विद्यार्थीहरुले जनप्रतिनिधि र कर्मचारीलाई प्रत्यक्ष रुपमा भेटेर वडा कार्यालयले प्रदान गर्ने सबैखाले सेवावारे विस्तृृतमा जानकारी लिएका हुन ।

स्थानीय पाठ्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकाले तयार गरेको हाम्रो धनगढी नामक पुस्तकमा रहेका विषयवस्तुलाई प्रयोगात्मक ढंगबाट जानकारी होस् भन्नका लागि कक्षागत रुपमा विद्यार्थीहरुलाई धनगढी क्षेत्रभित्र रहेका विभिन्न धार्मीक,प्रशासनिक,सांस्कृति तथा पर्यटकिय क्षेत्रको अवलोकन गराउने गरेको प्रिन्सिपल मल्लले जानकारी दिएका छन ।
कक्षा प्लेग्रुपदेखि कक्षा ८ सम्म पढाई हुँदै आएको माईलस्टोन बोर्डिङ स्कुलमा चालु शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन पनि सुरु गरिएको छ ।
Video : http://youtube.com/shorts/hkN3e9SFYRI
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?