You are currently viewing ICC T20 विश्व कपमा ३२ टोली सहभागी गराउने कुरा अघि बढ्यो

ICC T20 विश्व कपमा ३२ टोली सहभागी गराउने कुरा अघि बढ्यो

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भविष्यमा टि ट्वान्टी विश्व कपमा ३२ टोली बनाउने सम्भावना बारे काम गर्न ६ सदस्यीय समिति गठन गरेको छ । सिंगापुरमा शनिवार भएको आइसिसीको वार्षिक साधरण सभामा उक्त ६ सदस्य समितिमा भारत, अष्ट्रेलिया र इंग्ल्यान्डका पदाधिकारी रहने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

समितिले ३२ टोलीको सम्भावना बारे सुझाव प्रस्तुत गरेपछि आईसीसीले निर्णय गर्नेछ । ३२ टोली आयोजना गर्न सम्भव भएमा उक्त निर्णय २०२६ को टि ट्वान्टी विश्वकपपछि मात्रै लागु हुनेछ ।पछिल्लो समय टि ट्वान्टी क्रिकेटमा एसोसिएट राष्ट्रले लगातार सानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अघिल्लो सातामात्रै युरोप क्षेत्रको छनोटमा इटालीले एसोसिएटको शीर्ष टोली स्कटल्यान्डलाई पछि पार्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । युगान्डाले टेस्ट टोली जिम्बावेलाई पछि पार्दै २०२४ विश्वकपमा स्थान बनाएको थियो ।

२०२४ देखि टि ट्वान्टी विश्व कपमा २० टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । त्यसअघि १६ टोलीले विश्वकप खेल्ने गरेका थिए । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने २०२६ को टि ट्वान्टी विश्वकपमा २० टोलीले खेल्नेछन् ।आईसीसीले विश्वकप छनोटमा एसिया इस्ट प्यासिफिकबाट ३, अफ्रिका र युरोपबाट समान २ तथा अमेरिका क्षेत्रबाट १ टोलीलाई छनोटमा स्थान दिँदै आएको छ ।

३२ टोली पुगेको खण्डमा सबै क्षेत्रिय छनोटमा संख्या बढ्ने हुँदा नेपाललाई विश्वकपमा पुग्न सहज हुनेछ । २०२६ को विश्वकप खेल्न नेपालले आगमी अक्टोबर दोस्रो सातादेखि ओमानमा हुने टि ट्वान्टी एसिया क्षेत्र छनोटमा शीर्ष तीनमा स्थान बनाउन सक्नुपर्छ । नेपाल, कुवेत र जापान समूह बी मा छन् ।

समूह ए मा मलेसिया, कतार र युएई छन् । समूह सी मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सका शीर्ष तीन टोली विश्वकपमा पुग्नेछन् ।

को को पुगे २०२६ को विश्वकपमा ?

आयोजक भारत र श्रीलंकासँगै गतवर्ष सुपर ८ मा पुगेका अफगानिस्तान, बंगलादेश, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र अमेरिकाले सोझै विश्वकपमा स्थान पाएका थिए । सुपर–८ मा पुग्न नसकेपनि पाकिस्तान, न्युजिल्याण्ड र आयरल्यान्ड टि ट्वान्टी वरीयतामा माथि रहँदै सोझै विश्वकपमा पुगेका थिए ।

क्षेत्रिय छनोटमा अमेरिकाबाट क्यानडा तथा युरोपबाट इटाली र नेदरल्यान्ड्सले स्थान बनाई सकेका छन् । अगामी सेप्टेम्बर अक्टोबरमा हुने अफ्रिका क्षेत्रबाट दुई टोली आउनेछन् । उक्त अफ्रिका छनोटमा जिम्बावे, केन्या, बोस्टवाना, मालवी, नामिबिया, नाइजेरिया, तान्जिनिया र युगान्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply