You are currently viewing पेनाल्टीमा कोलम्बिया फाइनलमा

पेनाल्टीमा कोलम्बिया फाइनलमा

१३श्रावण,२०८२ः अर्जेन्टिनालाई पेनाल्टी सडनडेथमा ५–४ ले पराजित गर्दै कोलम्बिया महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

रोड्रिगो पाज डेल्गाडोमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । पेनाल्टीमा कोलम्बियाका लागि क्याटालिना उस्मे, जोरेलिन काराबाली, मानुएला पावी, लिंडा काइसेडो र वेन्डी बोनिलाले गोल गर्दा मायरा रामिरेज भने चुकिन् ।

अर्जेन्टिनाका लागि फ्लोरेन्सिया बोन्सेगुन्डो, सोफिया ब्राउन, एल्डाना कमेटी र किशी डेनिस नुनेजले गोल गरे । पाउलिना ग्रामाग्लिया र एलियाना स्टेबिलको प्रहार भने गोलमा परिण हुन सकेन । कोलम्बियाले उपाधिका लागि ब्राजिल र उरुग्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply