२१ श्रावण,२०८२ : धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) कलेजले कक्षा १२ को परीक्षामा यस क्षेत्रकै सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। सोमबार प्रकाशित नतिजाअनुसार कक्षा १२ मा अध्ययनरत विभिन्न संकायका गरी जम्मा ५४८ विद्यार्थी उत्तीर्ण भएका छन्। क्याम्पस प्रमुख योगराज गौतमका अनुसार, विज्ञान संकायमा १३७ जना, व्यवस्थापन संकायमा २५६ जना, होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी, शिक्षा र कानून संकायमा ५१ जना गरी कुल ५४८ विद्यार्थी परीक्षामा सफल भएका हुन्। एक हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका उक्त परीक्षामा २४ जनाले ए प्लस ग्रेड ल्याउन सफल भएका छन्।

धनगढीका निजी कलेजहरूबीच सुदूरपश्चिमाञ्चल एकेडेमीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रमुख गौतमले जानकारी दिए।
यस कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वार्षिक प्रणालीका बिबिएस, बीए, बीएड, बीएसडब्लु लगायतका स्नातक कार्यक्रमहरू साथै सेमेष्टर प्रणालीअन्तर्गत बिआइटीएम र बिएचएम कार्यक्रमहरू समेत सञ्चालनमा छन्।
क्याम्पसका सहायक प्राचार्य रघुनाथ जोशीका अनुसार, कक्षा १२ उत्तीर्ण गरेका अधिकांश विद्यार्थीहरूले यही कलेजको स्नातक तहमा भर्ना हुने गरेका छन्। साथै, त्रि.वि. अन्तर्गत एमबिएस र एमएड जस्ता स्नातकोत्तर तहका कार्यक्रमहरू पनि कलेजमा सञ्चालनमा छन्। १२ कक्षाको नतिजा प्रकाशनसंगै विभिन्न स्नातकका कार्यक्रममा एसपिए कलेजले भर्ना कार्यक्रम आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?