You are currently viewing यु–१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित

यु–१६ फुटबल लिगः प्लानिङ ब्वाइजको रोमाञ्चक जित

६भाद्र,२०८२ः प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा १० अंक जोडेको प्लानिङ ब्वाइज १२औं स्थानमा छ । १४ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन हुँदै पुछारमा छ । च्यासल रंगशालामा प्लानिङ ब्वाइजलाई जित दिलाउन ओम खड्का, रविन लुंगेलीमगर र दर्शन केसीले गोल गरे ।सातदोबाटोका लागि अश्विन पौडेल र डेविट सिवाकोटीले गोल फर्काए । खेलको १८औं मिनेटमा ओमको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । दुई मिनेटपछि नै रविनले टोलीको अग्रता दोब्बर बनाए ।


दर्शनले ३६औं मिनेटमा गोल गर्दा प्लानिङ ब्वाइजले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । सातदोबाटोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि खेलमा फर्किन भने सकेन । सातदोबाटोका लागि अश्विनले ५३ र डेविटले ८१औं मिनेटमा गोल गरेका थिए । शुक्रबारै सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङदी क्लबले श्री भगवती क्लबविरुद्ध १–० को कठिन जित दर्ता गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply