You are currently viewing अछाममा अनिश्चितकालिन निषेधाज्ञाः पाँचजनाभन्दा बढी भेला हुन नपाइने

अछाममा अनिश्चितकालिन निषेधाज्ञाः पाँचजनाभन्दा बढी भेला हुन नपाइने

२७भाद्र,धनगढीः सम्भावित हुलदङ्गा तथा अप्रत्याशित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ । देशभर सिर्जना भएको असहज परिस्थितिबाट उत्पन्न हुनसक्ने असहजतालाई नियन्त्रण गरेर शान्ति सुरक्षा कायम गर्न निषेधज्ञालाई अनिश्चितकालिन बनाएको प्रशासनले जनाएको छ।
दश वटै स्थानीय तहका केन्द्र र वडा, बजारमा मुख्य बजार क्षेत्र र सरकारी कार्यालयमा अर्को आदेश नभएसम्म बैठक, अनसन, भेला, धर्ना, घेराउ, जुलुस, प्रर्दशन, सभा, सम्मेलन गर्न–गराउन निषेध गरिएको हो । सदरमुकाम मंगलसेन सहित मुख्य र सहायक बजार तथा सरकारी कार्यालयदेखि पाँच किलोमिटर भित्र, ९१ वटै वडा केन्द्रदेखि दुई किलोमिटर भित्र गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।


साधारण नागरिकलाई अत्यावश्यक सेवाका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न अनुमति दिइने छ । प्रजिअ सारुद्धारा जारी गरिएको सूचनामा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेधज्ञा जारी रहने छ । निषेधाज्ञा आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ ।


निषेधित क्षेत्रमा प्रवेश गर्ने नाकाहरूमा सुरक्षाकर्मीले सोधपुछ, चेकजाँच गरी निषेधाज्ञा पालना गराउने र कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । विभिन्न बजार क्षेत्र र नाकाहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २७ को बैठक निर्णय र नेपाली सेनाको हालैको विज्ञप्ति अनुसार निषेधाज्ञा लागू गरिएको बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply