You are currently viewing एकताले शान्ति समाधान पहिल्याउन गगन थापा र विश्वप्रकाश शर्माको आग्रह

एकताले शान्ति समाधान पहिल्याउन गगन थापा र विश्वप्रकाश शर्माको आग्रह

२५ भाद्र,२०८२ः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन आग्रह गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ पुस्ताको आन्दोलनका कारण भदौ २३ र २४ गते भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणाको दिशामा अघि बढाउन सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी रहेको बताएका हुन् । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न पनि उनको आग्रह छ ।


यस्तै थापा र शर्माले विधिविहीनताले थप अराजकता निम्त्याउने भन्दै देश चलाउन र चुनाव गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन, लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply