You are currently viewing एन्फा महिला लिग छनोटमा नेपाल खेलकुद क्लबलाई हराउँदै सङ्कटा एफसीको पहिलो जीत

एन्फा महिला लिग छनोटमा नेपाल खेलकुद क्लबलाई हराउँदै सङ्कटा एफसीको पहिलो जीत

३०श्रावण,२०८२ः एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ ।
खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारी क्लवबले एफसी रियललाई ३–० ले हराएको थियो । छहारीका तर्फबाट पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरिन । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।


छनोट प्रतियोगितामा १४ टोली सहभागी छन । सहभागीमध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन् । समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौं टोलीको टुङ्गो लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply