२६ असार २०८/धनगढी:एसइइमा ४ जिपिए ल्याउने धनगढीका २ जना विद्यार्थीले कक्षा ११ मा धनगढीको क्रेसेन्ट सिटिमा पढ्ने भएका छन । धनगढीको जेसिज एभरेस्ट इङ्ग्लिस स्कुलबाट एसइइमा ४ जिपिए ल्याएका जस्टिन चन्द क्रेसेन्ट सिटि (CCS+2) स्कुलमा कक्षा ११ भर्ना भएका हुन भने धनगढीको त्रिभुवन माविबाट ४ जिपिए ल्याउने अशोक अवस्थी पनि यस अघि नै क्रेसेन्ट सिटिमा भर्ना भैसकेका छन्

। यी दुवै विद्यार्थीले विज्ञान विषय अध्ययन गरी भर्ना भएको विद्यालयका प्लस टु कार्यक्रम निर्देशक अमृत श्रेष्ठले जानकारी दिए । चन्द र अवस्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । ऊनी सहित स्कुलले एसइइ परिक्षामा ३ दशमलव ९५ जिपिए भन्दा माथी ल्याउने १० जनालाई पूर्ण छात्रवृती दिन लागेको छ । क्रेसेन्ट सिटि स्कुल (सि.सि.एस) का प्लस टु कार्यक्रम सयोंजक अमृत श्रेष्ठका अनुसार यस वर्ष १० जना उत्कृष्ठ नतिजा ल्याउने जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृती कोटामा अध्यापन गराइन लागेको हो । उनका अनुसार यस बर्ष ३ दशमलव ६ देखी ३ दशमलव ९ जिपिए ल्याउने २० जना विद्यार्थीलाई मासिक शुल्क छुट तथा ३ दशमलव २ देखी ३ दशमलव ६ सम्म ल्याउने बिद्यार्थीलाई मासिक शुल्कमा ५० प्रतिशत छुट दिइने छ ।

यस वर्ष ६०० जना विद्यार्थीलाई अध्यापन गराउने योजना बनाएको स्कुलले उपमहानगरपालिकाको १० प्रतिशत छात्रवृत्ति कोटा बाहेक यि विद्यार्थीहरुलाई स्कुलको तर्फबाट छात्रवृत्ति दिन लागेको हो । स्कुलले विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयको अध्यापन गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?