You are currently viewing एसपिए लिटल फ्लावर प्राइड लिगको तयारी तिब्र,१३ टोली सहभागी हुने | SPA LPL-9

एसपिए लिटल फ्लावर प्राइड लिगको तयारी तिब्र,१३ टोली सहभागी हुने | SPA LPL-9

नवौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग खुल्ला टि२० क्रिकेट प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिले सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी बारे जानकारी गराएको हो ।

प्रतियोगीतामा काठमाण्डौं,मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले २०७१ सालबाट हालसम्म लिटल फ्लावर प्रिमियर लिग ( एलपिएल ) मार्फत निरन्तर ग्रासरुट क्रिकेटमा जोडिएर काम गर्दापनि कुरा काट्नेले काटिनै रहेको भन्दै त्यसले आफूलाई खासै असर नपर्ने बताएका छन ।

उनले आर्थिक रुपमा आफू निकै पछाडि परेपनि क्रिकेटप्रतिको लगाव र मायाको कारण एकपटक पुन प्रतियोगीताका लागि हिम्मत गरेको बताएका छन ।

यहि पौष २७ गतेदेखि माघ ५ गतेसम्म धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगीताको विजेता टोलीले नगद ६०,०००,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३०,००० प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद ४,०००,उदयमान खेलाडी,उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई / दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रिय सदस्य तथा पूर्व क्रिकेटर दिपक सुरी रहेका थिए भने खेलकुद पत्रकार मञ्च कैलालीका पूर्व अध्यक्ष सिताराम ओझा,अनलानई टिभी पत्रकार संघका सुदूरपश्चिम अध्यक्ष भक्तराज जोशी,सुदूरपश्चिम खेलकुद परिषदका क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

 

पत्रकार सम्मेलनका थप केहि तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply