You are currently viewing एसपिए लिटिल फ्लावर प्राइड लिग : राजपुर स्पोटर्स क्लब र सुदूरपश्चिम विजयी

एसपिए लिटिल फ्लावर प्राइड लिग : राजपुर स्पोटर्स क्लब र सुदूरपश्चिम विजयी

धनगढीमा जारी एसपिए लिटिल फ्लावर प्राइड लिगमा सुदूरपश्चिम बोइज होस्टेल र राजपुर स्पोटर्स क्लब विजयी भएका छन । पहिलो खेलमा निरज ऐरको कसिलो बलिङसँगै सत्यवती एकेडेमीले पहिलो हार व्यहोरेको छ । मंगलबार सम्पन्न खेलमा सत्यवतीलाई सुदूरपश्चिम बोइज होस्टेलले २ विकेटले पराजित गरेको हा ।

सत्यवतीले दिएको ७० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३।१ ओभरमा ८ विकेट गुमाउँदै ७१ रन बनायो। सुदूरपश्चिमलाई जित दिलाउन दीपक बोहराले सर्वाधिक ३५ रन बनाए। २० बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे। सत्यवतीका इमरान शेख, दीपक डुम्रे र अर्जुन विकले समान १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको सत्यवतीले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियो। सत्यवतीका दीपक डुम्रेले सर्वाधिक ३० रन बनाए। अविजित रहेका उनले ३४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

ईश्वर क्षेत्रीले १२ रन बनाउँदा अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। सुदूरपश्चिमका निरज ऐरले सर्वाधिक ४ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। दीपक रोकायाले ३ र नरेन साउँदले २ विकेट लिँदा हिक्मत महराले १ विकेट लिए ।

आजै सम्पन्न दोश्रो खेलमा राजपुर स्पोटर्स क्लबले लगातार दोश्रो जीत निकालेको छ । पहिलो खेलमा टिम बगैचा क्लबलाई ६ विकेटले पराजित गरेको राजपुरले दोश्रो खेलमा निस्ट कलेज ललितपुरमाथि १६७ रनको शानदार जीत निकालेको छ । राजपुरले दिएको २२६ रनको विशाल लक्ष्य पछ्याएको निस्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो ।

उसका लागि अविनास बोहराले १५ तथा महेन्द्र विस्टले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन । राजपुर स्पोटर्स क्लबका लागि अभिषेक पालले ३,नरेन भट्टले २ तथा सचिन भट्ट र खगेन्द्र कुँवरले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजपुर स्पोटर्स क्लबका लागि नारायण जोशी र अभिषेक पालले १४० रनको साझेदारी गर्दा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएको थियो । नारायणले ८२ रन बनाए भने अभिषेक २७ रनमा पवेलियन फर्किए । त्यसपछि ब्यााटिङका लागि आएका टेक रावतले २१ ब्लमा ६२ रनको अविजित आक्रामक पारी खेले ।

निस्ट कलेज ललितपुरका लागि दर्शिल विस्टर अविनाश बोहराले समान दुई तथा सन्तोष दियालले एक विकेट लिए ।

लटिल फ्लावर स्पोट्र्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमी गरी १३ टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजपुर स्पोट्र्स क्लब, निस्ट कलेज र टिम बगाइचा रहेका छन्। समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेश इलाइट र धनगढी रोयल्स समावेश छन्।

समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपीए कलेज र खप्तड इन्डोर छन् भने समूह ‘डी’ मा आगन केक्स एन्ड डेरी, लिटिल फ्लावर स्पोट्र्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल रहेका छन्।प्रतियोगिताको विजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply