You are currently viewing कैलालीका विद्यालयमा पठपाठन सुरु

कैलालीका विद्यालयमा पठपाठन सुरु

३०भाद्र,धनगढीः कैलालीका विद्यालयमा पठपाठन सुचारु भएको छ।
नवपुस्ता (जेनजी) आन्दोलनसँगै भदौ २५ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गरिएको थियो। स्थिति सामान्य बन्दै गएपछि चार दिनपछि विद्यालय सञ्चालनमा आएका हुन्।


अवस्था सहज बनेकाले सम्बन्धित पालिकासँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। “जिल्लामा सम्भवतः सबै विद्यालय सञ्चालनमा आएको हुनुपर्छ”, उनले भने।
आन्दोलनका क्रममा यहाँको शैक्षिक सङ्घसंस्था र सवारी साधनमा क्षति नभए पनि कफ्र्यु लागेपछि पठनपाठन स्थगित गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply