धनगढी ८ शिक्षानगरमा रहेको कैलाली विद्या निकेतन माध्यमिक विद्यालयले २६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् रजत जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयकी प्रबन्ध निर्देशक रेखा सिंह शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिक्षाविद सुरेन्द्र बहादुर चन्द रहेका थिए।

गतवर्ष धनगढीको दृष्टि फाउण्डेसनमा रहेका आमाहरुलाई भोजन गराएर रजत जयन्तीको सुभारम्भ गरिएको थियो भने यसपटक विविध सांस्कृतिक तथा सम्मानको कार्यक्रम आयोजना गर्दै विद्यालयको प्रांगणमै वार्षिकोत्सव एवम अभिभावक दिवस मनाएको हो ।
विद्यार्थीहरु केन्द्रित कार्यक्रम
वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा विद्यार्थीहरुलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको थियो । उनीहरुले आ आफ्ना उत्कृष्ट प्रस्तुती पस्केका थिए । कक्षा नर्सरीदेखि लिएर कक्षा १० सम्मका विद्यार्थीहरुले भिन्ना भिन्नै समूहमा विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गर्दै आगन्तुक अतिथि र अभिभावकहरुलाई आनन्दित तुल्याएका थिए ।

केहि विद्यार्थीहरुले एक गायन प्रस्तुती राखेका थिए भने केहिले राष्ट्रभक्तीपूर्ण गीतमा आकर्षक नृत्य पस्किएका थिए कक्षा ९ का विद्यार्थीहरुले समसामयिक विषयमा जनचेतनामूक नाटक पनि प्रस्तुत गरेका थिए । कक्षा एकमा अध्ययनरत हनिस मौनीले निकै आकर्षक नृत्य पस्किएका थिए ।

धनगढी डान्स च्याम्पियनसीपमा दृतिय स्थान हाँसिल गर्न सफल मौनीले छोटो समयमै आफ्नो पहिचान बनाइसकेका छन ।
जेहन्दार विद्यार्थीहलाई शत प्रतिशत छात्रवृति घोषणा
वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाहले लगनशिल तथा जेहन्दार विद्यार्थीहरुलाई शत प्रतिशत छात्रवृति दिने घोषणा गरेका छन । धनगढी डान्स च्याम्पियनसीपमा दृतिय स्थान हाँसिल गर्दै नगद रु एक लाख ११ हजार एक सय एघार जित्न सफल कक्षा एकमा अध्ययनरत हनिस मौनी र वैतडीको पुर्चौडीमा जन्ती बस दुर्घटना हुँदा बुवा गुमाएका प्रवेश जोशीलाई पनि शत प्रतिशत छात्रवृतिमा पढाउने घोषणा गरेका छन ।

त्यस्तै अन्य आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व नै सम्झेर पूर्ण छात्रवृतिमा अध्ययन गराउने संस्थापक प्रधानाध्यापक शाहले घोषणा गरे ।
समाजका प्रतिष्ठित व्यक्तीत्वहरुलाई सम्मान
उक्त रजत जयन्ती समारोहको समापनमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । शिक्षा क्षेत्रमा निरन्तर योगदान पु¥याएको भन्दै कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यपक सुरेन्द्र चन्दलाई विशेष सम्मान गरिएको छ ।

त्यस्तै लामो समयदेखि सार्वजनिक गुठी संस्थानमा प्राचार्यदेखि ऐश्वर्य बहुमुखी क्याम्पसको क्याम्पसको जिम्मेवारी सम्हाली सकेका पूर्व क्याम्पस प्रमुख प्राध्यापक धर्मदेव भट्टलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी, लामो समयदेखि प्राध्यापन क्षेत्रमा क्रियाशील रहँदै कैलाली बहुमुखी क्याम्पसमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्राध्यापक प्रेमराज भण्डारीलाई सम्मान गरिएको छ भने चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय रही विभिन्न विद्यालयमा अध्यापन तथा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिसकेका ज्ञानेन्द्र बहादुर शाहलाई समेत विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो।

त्यसैगरी कैलाली विद्या निकेतनमा लामो समय अध्यापन गराइ हाल कैलाली बहुमुखी क्याम्पस तथा ग्यालेक्सी बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक प्रेमराज जोशी पनि सम्मानित भएका छन ।

अभिभावक पनि सम्मानित
विद्यालयलाई निरन्तर सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई पनि विद्यालयले वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा सम्मान गरेको छ । अभिभावकहरुलाई कार्यक्रममा प्रमुख अतिथिको रूपमा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिक्षाविद सुरेन्द्र बहादुर चन्दले कदर पत्र सहित र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाहले आफ्नो टिमले अत्यन्तै मिहिनेत गरेर विद्यालयलाई यहाँसम्म ल्याइपुर्याएको भन्दै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । शाहले अभिभावकहरुको विश्वासकै कारण विद्यालय सञ्चालनमा सहयोग पुगेको भन्दै छिट्टै कक्षा ११ र १२ को पठनपाठनको तयारीका लागि विद्यालय प्रशासनले तयारी गरिरहेको बताएका छन ।
बद्लियो मायाको चिनो दिने तरीका,अतिथिलाई पुस्तक उपहार
विद्यालयको वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनो स्वरुप पुस्तक उपहार दिइएको छ ।
प
छिल्लो समय पठन संस्कृतिमा कमी आइरहेका बेला विद्यालयले थालेको यो नौलौ प्रयास अत्यन्तै सृजनशील भएको भन्दै अतिथिहरुले विद्यालयको प्रंशसा गरे ।

वार्षिकोत्सव समारोहमा धनगढीका प्रतिष्ठित विद्यालयका संस्थापक तथा प्रिन्सिपल लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका संयोजक अनिल चौधरीले गरेका थिए भने सञ्चालन शिक्षक टेकराज भट्टले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?