You are currently viewing “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” बाट ग्ली एकेडेमीकी प्र.अ भट्ट सम्मानित

“चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” बाट ग्ली एकेडेमीकी प्र.अ भट्ट सम्मानित

धनगढी–कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सोही अवसरमा ग्ली एकेडेमीकी प्र.अ शान्ति भट्टलाई “चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान २०८२” प्रदान गरिएको हो ।

शिक्षा क्षेत्रको उन्नयन, गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर समर्पित भई पु¥याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै भट्टलाई उक्त सम्मान प्रदान गरिएको पाठशालाले जनाएको छ ।

चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको जनाएको छ ।


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सप्ताहव्यापी नारी सम्मान कार्यक्रम चलिरहेको सन्दर्भमा पाठशालाको रजत जयन्तीको संयोग पारेर धनगढी र आसपासका क्षेत्रमा शैक्षिक तथा समाजका विभिन्न आयामहरूमा नेतृत्व गरिरहेका नारीहरूलाई विशेष सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply