You are currently viewing ‘जेनजी’ प्रदर्शनमा चार पत्रकार घाइते

‘जेनजी’ प्रदर्शनमा चार पत्रकार घाइते

२३ भाद्र,२०८२ः जेनजी पुस्ताको प्रदर्शन तनावग्रस्त स्थितिमा पुगेपछि समाचार संकलनका क्रममा त्यहाँ रहेका चार जना पत्रकार घाइते भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार घाइते पत्रकारको अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुङ्गाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार राजेश श्रेष्ठ र पत्रकार शम्भु दंगाल घाइते भएको जानकारी दिए ।


राष्ट्रिय फोटो पत्रकार समूह नेपालले जनतालाई सूसूचित गराउने जिम्मेवारी लिएर नियमित रिपोर्टिङमा रहेका फोटो पत्रकारको टाउको र छातीमा गोली लागेर घाइते भएको, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभकामको कामना गरेको छ ।


संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता, मौलिक हकको रुपमा रहेको सञ्चार हकलाई अनदेखा गर्दै प्रहरीले पत्रकारमाथि दमन गरेको सो संस्थाले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply