२३ भाद्र,२०८२ः नेपालमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको विरोधमा नवयुवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा ७ जनाको ज्यान गएको छ ।

प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा ७ जनाको ज्यान गएको हो । ट्रमा सेन्टरमा मात्रै ४ जनाको ज्यान गएको छ । यस्तै सिभिल अस्पतालमा २ र केएमसी अस्पतालमा १ जनाको ज्यान गएको सम्बन्धित अस्पतालहरूले जनाएका छन् । जेन जीु भनिने नवयुवा पुस्ताहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धसहित भ्रष्टचारको विरोधमा सडक आन्दोलन थालेका हुन् ।

प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले घातक बल प्रयोग गरेको छ । प्रहरीले जथाभाबी गोली चलाएको हो । यस्तै अश्रुग्यास र लाठीचार्ज पनि जथाभाबी गरेको छ । सिभिल, एभरेस्ट, ट्रमा, केएमसी लगायतका अस्पतालहरू घाइतेले भरिएका छन् ।स्रोतःउज्यालो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?