You are currently viewing तेस्रो टी–२० क्रिकेटमा बङ्गलादेशलाई हराउँदै पाकिस्तानको सान्त्वना जीत

तेस्रो टी–२० क्रिकेटमा बङ्गलादेशलाई हराउँदै पाकिस्तानको सान्त्वना जीत

९श्रावण २०८२ः पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा बङ्गलादेशलाई ७४ रनले हराउँदै शृङ्खला स्वीप हुनबाट जोगिएको छ । ढाकामा हिजो भएको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा बङ्गलादेश १६ ओभर ४ बलमा १०४ रनमै समेटियो ।

यसअघि बङ्गलादेशले पहिलो खेल ७ विकेट र दोस्रो खेल ८ रनले जित्दै इतिहासमै पहिलो पटक पाकिस्तानविरुद्ध टी–२० शृङ्खला जितेको थियो । शृङ्खला भने बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply