३१ श्रावण,२०८२ : धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलमा रहेको एलाइन्स प्लस टुले सुविधा सम्पन्न नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ।

पुरानो भवनमा सिमित भौतिक पूर्वाधारका कारण चुनौती महसुुस गर्दै आएको एलाइन्स प्लस टुले अब धनगढी २ सन्तोषी टोल स्थित दाहाल पुस्तक पसल नजिकै रहेकोे सुविधा सम्पन्न भवनबाट कक्षा सञ्चालन गर्ने भएको हो।
स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा मार्फत आफूलाई प्रमाणित गर्न सफल एलाइन्स प्लस टुले कानुन,व्यवस्थापन,होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्स समूहमा अध्यापन गराउँदै आएको छ।

नयाँ भवनमा अत्याधुनिधक कम्प्युटर ल्याब,होटेल म्यानेजमेन्टका लागि सुविधा सम्पन्न ल्याब, उच्चस्तरीय पुस्तकालय,एसी सहितका स्मार्ट कक्षा कोठा ,कानुन संकायका विद्यार्थीका लागि मुटकोर्टको व्यवस्था जस्ता विभिन्न सुविधाहरू रहने विद्यालय प्रशासनले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?