You are currently viewing धनगढीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते

धनगढीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते

धनगढी । कैलालीको धनगढीस्थित मिलनचोकमा बुधबार अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

दुर्घटनामा अटो चालक धनगढी–१ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी–१७ का २९ वर्षीय रवीन्द्र साउद र पछाडि सवार डोटी बडिकेदार–२ का २८ वर्षीय पदमबहादुर साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुप प्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा ठोक्किँदा घाइते भएका तीनै जनाको केजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply