२८ श्रावण,२०८२ : धनगढीमा ३० जना किसानहरुलाई सम्मान गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीमा लामो समयदेखि साइकलमा तरकारी बेचिरहेका २४ जना एकल महिला र थप ६ जना विपन्न गरी ३० जनालाई सम्मान गरिएको हो । कृषि ज्ञान केन्द्र कैलालीले उनीहरुको परिचय पत्र पनि बनाइ दिएको छ ।

सम्मानित हुने ३० जना किसानलाई एक एक थान साइकल,डिजिटल तराजु,क्रेट र रबर निशुल्क उपलब्ध गराइएको हो । उक्त सम्मान कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले समाजमा ठूला किसानले मात्रै अनुदान वा अन्य सुविधा पाउँछन भन्ने भ्रम चिर्न भुइतहका किसानलाई पनि सम्मान गरिएको बताए । मन्त्रीले थापाले अहिले यो सम्मान र सामाग्री सामान्य जस्तै लागेपनि यदि उहाँहरु सबैले राम्रो गर्दै गए सिचाईका लागि मोटर,मलखाद,बीउविजन र तरकारी ढुवानीका लागि अटो रिक्सा समेत प्रदान गर्ने बताएका छन । मन्त्री थापाले हामीले हाम्रो समाजमा समानता ल्याउने हो भने तल्लो स्तरमा रहेका किसानहरुको जिवन स्तरमा सुधार ल्याउनुपर्ने पनि बताएका छन ।

निशुल्क साइकल,डिजिटल तराजु,क्रेट र रबर प्राप्त गरेपछि धनगढीकी प्रिया चौधरीले खुशी व्यक्त गर्दै भनिन हामीलाई पनि कस्ले सहयोग गर्ला र केहि बुझेकै छैनौ लागेको थियो कृषि ज्ञान केन्द्र कैलालीले धेरै राम्रो काम गरिदियो खुशीको सिमा नै छैन ।

त्यस्तै कृषि ज्ञान केन्द्र कैलालीका कार्यालय प्रमुख टेक बहादुर बिस्टले मन्त्रालयबाट निर्देशन आए बमोजिम नै आफूले काम गर्दै आएको भन्दै किसानलाई आवश्यक पर्ने सेवा दिन कृषि ज्ञान केन्द्र कैलाली तत्पर रहेको बताए । उनले किसानलाई सम्मान गरे समाजमा राम्रो सन्देश जाओस भनेर आफूहरुले यो कार्यक्रममको आयोजना गरेको भन्दै आगामी दिनमा थप अरु किसानलाई आवश्यकता अनुसार कृषि उपकरण प्रदान गरिने बताए ।

कृषि ज्ञान केन्द्र कैलालीको सभाहलमा आयोजना गरिउको उक्त किसान सम्मान कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर बिस्टले गरेका थिए भने प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा रहेका थिए । उक्त सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज कृषक तथा व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक कृषि प्रसार अधिकृत दुर्गा प्रसाद ओझाले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?