३१श्रावण,२०८२ः धनगढी उपमहानगरपालिका–५ ले कृष्ण जन्माष्टमीको अवसरमा शनिबार ‘हरियो वडा अभियान’ सञ्चालन गर्दै उक्त वडा बासीहरूलाइ बिरुवाहरू वितरण गरेको छ।
‘एक घर दुई बोट रोपौ’ भन्ने नारासहितको यस अभियानअन्तर्गत प्रत्येक घरलाई दुईवटा बिरुवा वितरण गरिएको हो। बिरुवा वितरणका लागि विभिन्न टोलहरू छुट्याएर वितरण गरिएको थियो। यस क्रममा मुख्य रूपमा आंप र मरिङ्गाका बिरुवाहरू वितरण गरिएको हो।कार्यक्रममा वन डिभिजन कार्यालयका एक कर्मचारीले मरिङ्गाको महत्वबारे जानकारी दिँदै मरिङ्गा स्वास्थ्यवर्धक वनस्पति रहेको बताए।धनगढी उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाहीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई सफल बनाइदिन सहयोग गर्नेहरूप्रति आभार प्रकट गरे। जलावायु परीवर्तनका कारणले धारा नाला सुख्यो भने अप्ठयारो हुन्छ त्यो समस्या नआवस भनेर बिरुवा बितरण गरेको वार्ड नम्बर ५ का वडा सदश्य दत्तु राम पण्डेले बताए । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति नारायण दत्त भट्टले पनि सम्बोधन गर्दै यस्ता अभियान अन्य वडामा पनि विस्तार गर्नुपर्ने धारणा राखे।

कार्यक्रम धनगढी–५ को पिपल चौतारामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सङ्घ–संस्था, वडा नं ५ का स्थानीय बासीहरू र विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले ‘हरियो वन, धनगढीको धन’, ‘हाम्रो नगर, हरियाली सहर’ जस्ता प्लेकार्डसहित अभियानलाई समर्थन जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?