You are currently viewing नरेश जोशी र ऐश्वर्या बिष्टको मुख्य अभिनय रहेको डेउडा नीनमेरो सपना तेरो डेउडा गीत सार्वजनिक (भिडियोसहित )

नरेश जोशी र ऐश्वर्या बिष्टको मुख्य अभिनय रहेको डेउडा नीनमेरो सपना तेरो डेउडा गीत सार्वजनिक (भिडियोसहित )

प्रत्यक्ष डेउडा खेलमा वाहिवाहि कमाइरहेका युवा गायक नरेश जोशी पछिल्लो समय अभिनयमा पनि जम्न थालेका छन । विभिन्न मेला महोत्सवमा प्रत्यक्ष डेउडा गीत हालेर गीत दर्शकलाई भरपुर मनोरञ्जन दिलाउँदै आएका जोशीको मुख्य अभिनय रहेको डेउडा गीत निन मेरो सपना तेरो सार्वजनिक गरिएको छ । जोशीलाई अभिनयमा ऐश्वर्या बिष्टले साथ दिएकी छिन भने बीर बोहराले पनि अभिनयमा सहयोग गरेका छन ।

४ दिन अगाडी जय मष्टा युट्युब च्यानलबाट रिलिज भएको उक्त गीतमा दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन । उक्त गीतलाई अहिलेसम्म १६ हजारपटक हेरिएको छ । प्रेमी र प्रेमिका बीचको संवादलाई गीतमा सुन्दर ढंगबाट दर्शाएको छ । केपि बटालाको लय शब्द रहेको उक्त गीतमा देवेन्द्र शाह र जमुना देवकोटाले स्वर दिएका छन । गीतको छायांकन अमृत उपाध्यायले गरेका हुन भने निर्देशन भिम थापाको रहेको छ ।

गीतको भिडियो यहाँ हेरौं : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply