You are currently viewing नेपाल हङकङसँग बराबरीमा रोकियो /@NEPAL vs HONG KONG CHINA FOOTBALL
File photo

नेपाल हङकङसँग बराबरीमा रोकियो /@NEPAL vs HONG KONG CHINA FOOTBALL

जेठ २२,धनगढी : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हङकङलाई बराबरीमा रोकेको छ । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको हो ।

File photo

घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले केही राम्रा बचाउ गर्दा गोल गर्न सकेन । पहिलो हाफमा हङकङको दुई प्रहार नेपालका किपर किरणले बचाएका थिए । दोस्रो हाफमा पनि हङकङले नेपालमाथि लगातार दबाब बनाएपनि नेपालले गोल गर्न दिएन । दोस्रो हाफमा पनि नेपाली गोलकिपर किरणले केही राम्रा बचाउ गर्दा हङकङ गोल गर्नबाट बन्चित रह्यो । नेपालका मणि लामा इन्जुरी टाइममा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

नेपालले ३७ वर्षपछि हङकङसँग सिनियर स्तरमा फुटबल खेलेको हो । एएफसी एसियन कप छनोटको तयारस्वरुप यो मैत्रीपूर्ण खेल खेलिएको हो । नेपालले पनि खेलमा केही राम्रा अवसर बनाएपनि फिनिसिङ गर्न सकेन । आफू भन्दा वरियतामा २२ स्थान माथि रहेको हङकङलाई बराबरीमा रोक्नु पनि नेपालको लागि सकरात्मक पक्ष हो । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply