You are currently viewing पत्रकार बमको निवास पुगेर प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा समवेदना

पत्रकार बमको निवास पुगेर प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा समवेदना

१०श्रावण २०८२ः नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मीन बमको निवास धनगढी उपमहानगरपालिका(७, शक्तिनगर पुगेर समवेदना प्रकट गरेका छन् ।


पत्नी वियोगमा परेका पत्रकार बमलाई भेटेर नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष लम्सालले पत्रकार बम पत्नी शव्या शाही बमको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
केन्द्रीय अध्यक्ष लम्सालसँगै केन्द्रीय सदस्य पुष्पराज जोशी, हिमल जोशी, जमुना न्यूरे, नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँर, प्रदेश लेखा समिति संयोजक कृत बिष्ट, नेपाल प्रेस युनियन कैलालीका निवर्तमान जिल्ला अध्यक्ष श्रवण देउवा, कैलाली अध्यक्ष सीताराम ओझा, उपाध्यक्ष सुनिल आउजी, सचिव शंकर बोहरा, कोषाध्यक्ष गगन अयडी, नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रीय सदस्य दिलबहादुर छत्याल, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, प्रदेश महासचिव शिवराज भट्ट, पत्रकार यमुना साउँद लगायतले समवेदना प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply