You are currently viewing प्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

प्रदर्शनकारीमाथिको दमन तत्काल रोक्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

२४ भाद्र,२०८२ः राष्ट्रिय मानव अधिकार आयोगले ’जेन जी’ पुस्ताको आन्दोलनमा राज्यले गरिरहेको व्यक्ति हत्या तथा हिंसात्मक कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पौडेलले आज विज्ञप्ति निकालेर ’जेन जी’ पुस्ताले आह्वान गरेको हिजोको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी व्यक्ति हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।


आज पनि बिहानैदेखि प्रदर्शनकारीमाथि दमन भइरहेको भन्दै आयोगले यो काम तत्काल रोक्न भनेको छ । आयोगले घटनाको गम्भीर अनुसन्धान गर्न सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको पनि जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply