You are currently viewing फारवेष्ट माध्यमिक विद्यालयमा ‘असल अभिभावकत्व’ सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

फारवेष्ट माध्यमिक विद्यालयमा ‘असल अभिभावकत्व’ सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

धनगढी । धनगढी उपमहानगरपालिका–५ स्थित जाइँमा रहेको फारवेष्ट माध्यमिक विद्यालयमा अभिभावक लक्षित ‘असल अभिभावकत्व’ सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा उत्प्रेरक व्यक्तित्व क्षेत्रप्रसाद ज्ञावलीले असल अभिभावकत्वका आधार, बालबालिकासँग गर्ने व्यवहार, अभिभावकको जिम्मेवारी तथा सफल अभिभावक बन्ने उपायबारे प्रशिक्षण दिएका थिए।

विगत लामो समयदेखि सञ्चालनमा रहेको फारवेष्ट माध्यमिक विद्यालयमा जगन्नाथ जोराको नेतृत्वमा नयाँ व्यवस्थापन टिम आएसँगै शैक्षिक गुणस्तर सुधार र अभिभावक–विद्यार्थी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमले अभिभावकहरूलाई आफ्ना बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply