You are currently viewing बझाङमा भारतबाट फर्किएका एक जनामा औलो संक्रमण पुष्टि

बझाङमा भारतबाट फर्किएका एक जनामा औलो संक्रमण पुष्टि

१६श्रावण,२०८२ः बझाङमा भारतबाट फर्किएका एक जनामा औलो पुष्टि भएको छ । जिल्लाको बुंगल नगरपालिका–४ मा रहेको खिरातडी स्वास्थ्य चौकीले पहिलोपटक एक व्यक्तिमा औलो (मलेरिया) संक्रमणको पुष्टि गरेको छ। संक्रमण देखिएका बिरामी बुंगल–१० का स्थायी बासिन्दा हुन्, जो करिब चार महिनाअघि भारतबाट फर्किएका थिए। स्वास्थ्यकर्मीहरूका अनुसार प्रारम्भिक लक्षण देखिएपछि बिरामीको रगत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। यो बझाङ जिल्लामा देखिएको दोस्रो औलो संक्रमण हो। औलो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य चौकी प्रमुख वेदप्रकाश जोशीले आग्रह गरे। उनका अनुसार ग्रामीण क्षेत्रमा पनि लामखुट्टेको जोखिम बढ्दै गएको छ। लामखुट्टेको बासस्थान हटाउन घर वरिपरिको फोहोर सफा गर्न, पानी जम्न नदिन, झाडी फाल्न, र असारदेखि असोजसम्म पूरै बाहुला भएका कपडा लगाउन आग्रह गरिएको छ।

हाल संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्य संस्थामै उपचार भइरहेको ल्याव असिस्टेन्ट रमेश धामीले जानकारी दिए। औषधिको अभाव रहेकाले जिल्ला अस्पतालबाट औषधि मगाइएको छ। सीमित स्रोतबीच पनि खिरातडी स्वास्थ्य चौकीले उत्कृष्ट सेवा दिँदै आएकोमा स्थानीयहरूले प्रशंसा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply