You are currently viewing बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : आज सेमिफाइनलका खेलहरु हुँदै

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : आज सेमिफाइनलका खेलहरु हुँदै

धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा आज सेमिफाइलका खेलहरु हुुँदैछन । पहिलो सेमिफाइनलमा अहिले बिहान ११ बजे संघर्ष युवा क्लब गोदावरीका विरुद्ध बागमारा स्पोटर्स क्लब लम्की भिड्नेछ भने दोश्रो सेमिफाइनलमा अपरान्ह १ बजे गौरीगंगा ११ स्पोटर्स क्लबका विरुद्ध साहारा युवा क्लब पहलमानपुरले प्रतिस्पर्धा गर्नेछ ।


तुलनात्मक रुपमा अत्यन्तै बलिया टोली सेमिफाइनल प्रवेश गरेका दुवै खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । फाइनल खेल पर्सि शनीबार हुनेछ ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी थिए ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply