You are currently viewing बिग ब्यास लिग ( BBL ) को ड्राफ्टमा संदिप सहित ६ नेपाली खेलाडी /@BBL /@SandeepLamichhane

बिग ब्यास लिग ( BBL ) को ड्राफ्टमा संदिप सहित ६ नेपाली खेलाडी /@BBL /@SandeepLamichhane

असार ४,धनगढी : विश्व क्रिकेटको लोकप्रिय अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग ९बिबिएल० को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् ।नयाँ सिजनको ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद परेका हुन् । सन्दीपले बिबिएलको अनुभव लिइसकेका छन् । उनले समान दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।

सन्दीपबाहेक अन्य कुनै खेलाडीसँग विदेशी लिग खेलेको अनुभव छैन । बिबिएलको ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् । सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि दिए। तर, कुनै पनि टोलीले उनीहरूमाथि बोली लगाएनन् । बिबिएलको अक्सन जुन १९ मा हुनेछ ।

Leave a Reply