You are currently viewing बिरेन्द्र बम चम्किएपछि दार्चुलाको पहिलो जीत

बिरेन्द्र बम चम्किएपछि दार्चुलाको पहिलो जीत

धनगढीको फाप्लामा जारी प्रदेश स्तरीय प्रधानमन्त्रीकप एकदिवसिय छनोट प्रतियोगीतामा बिरेन्द्र बम चम्किएपछि दार्चुलाले पहिलो जित निकालेको छ । पहिलो खेलमा बैतडीसँग १२८ रनले पराजित भएको दार्चुला दोश्रो खेलमा विजयी बन्दै खाता खोलेको छ । बझाङ्गले दिएको १२८ रनको भिनो लक्ष्य दार्चुलाले ३० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दार्चुलाका लागि कप्तान नरेन्द्र महाराले ३२ तथा बिरेनद्र बमले अविजित ३१ रनको पारी खेले भने विरेन्द्र साउँदले २४ रन बनाए ।


बझाङ्गका लागि कप्तान अशोक धामीले २ विकेट लिए भने शुशिल रावल र निरज सार्कीले समान एक एक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङ्गले खराब मौसमका कारण ४० ओभरमा छोट्याएको खेलमा २७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सफल भयो । बझाङ्गका लागि हिमाल दौल्यालले सर्वाधिक २९ तथा इशान दौल्यालले २८ रनको पारी खेले । किरन कार्कीले २१ रन बनाउँदा संदिप भण्डारीले १३ रनको योगदान दिए ।


दार्चुलाका लागि बिरेन्द्र बमले ४ विकेट चट्काए । ८ ओभर बलिङ गरेका बमले ४० रन खर्चिदै ४ विकेट लिएका हुन । उनी म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै पुस्पराज भट्टले ३ तथा कप्तान नरेन्द्र महराले २ तथा लभराज जोशीले एक विकेट लिए । समूह बी अन्तरर्गत नै मंगलबार बझाङ्ग र डडेल्धुराका बीच खेल हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी छनोट प्रतियोगीता माघ २४ गतेसम्म सञ्चालन हुनेछ । समूह ए बाट कञ्चनपुर विजेता बन्दै फाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply