२७ असार,२०८२ : धनगढीको चौतन्य पाठशालाद्वारा २०१२ औं भानुभक्त जयन्तीको अवसरमा आयोजित अन्तर विद्यालय कविता कवितावाचन प्रतियोगितामा २०८२ मा डिलाईट ईङ्लिस बोडिङ स्कुलकी छात्रा जेनिसा जोशीले प्रथम स्थान हाँसिल गरेकी छन ।

त्यस्तै धनगढी ८ कान्तिपुर टोलमा रहेको डिस्कोभरि स्कुलकी छात्रा प्राप्ति बस्नेत द्वितीय स्थान हाँसिल गरिन भने,दुर्गा लक्ष्मी मा।वि अत्तरियाकी छात्रा सन्ध्या अवस्थी तृतीय र विलक्षण पौडेलले सान्त्वना स्थान हात पारेका छन् ।

प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हात पार्नेलाई क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ र प्रमाण पत्र सहित महाकाव्यकार मनिराज जोशी, चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी लगायतको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगीतामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको चैतन्य पाठशालाकी मावि संयोजक हेमा जोशीले जानकारी दिइन ।
कविता वाचन प्रतियोगीतामा धनगढी र अत्तरीयाका गरी १४ विद्यालयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?