You are currently viewing मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा समितीको बैठ सम्पन

मुख्यमन्त्रीको अध्यक्षतामा सुरक्षा समितीको बैठ सम्पन

२४ भाद्र,२०८२ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेशको शान्ती, सुरक्षा सम्बन्धिको बैठक सम्पन्न भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै तहका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा सम्पन भएको हो ।

बैठकले जेन जी लगायत नयाँ पुस्ताबाट उठाईएका जायज मागहरुप्रति प्रदेश सकार, सरकारी निकाय र संयन्त्र सकारात्मक रहेको सन्देश दिई छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गरने, जेन जी लगायत नयाँ पुस्ताले मिति २०८२।०५।२३ गते आयोजना गरेको कार्यक्रमको क्रममा ज्यान गुमाउनुहुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र सुरक्षा संवेदनशीलता हेरी शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि सबै जिल्लाहरुमा आवश्यकता अनुसार राजनीतिक दल, नागरिक समाज एंव सरोकारवालाहरुसँग छलफल तथा समन्वय गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply