४ श्रावण,२०८२ : भुटानमा हुने साफ यू -१७ महिला च्याम्पियनसिपको लागि नेपाली यू-१७ महिला टोलीको सहायक प्रशिक्षकमा रितेश मल्ललाई नियुक्त गरिएको छ। त्यस्तै श्रीलङ्कामा हुने साफ यू १७ पुरुष च्याम्पियनसिपको लागि नेपाली टोलीको सहायक प्रशिक्षकमा रामचन्द्र थापा र गोलकिपर प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ।

नवनियुक्त तीनैजनालाई एन्फा महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन । यतिबेला यु-२० महिला फुटबल टोली बंग्लादेश आयोजना भैरहेको यु२० महिला साफ च्याम्पियनसीपमा सहभागी छ ।

नेपालले सोमबार निर्णायक खेल आयोजक बंग्लादेशसँग खेल्दैछ । अंक तालिकाको पहिलो र दोश्रो स्थानमा रहेका नेपाल र बंग्लादेशसँग सोमबार उपाधिका लागि भिड्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?