You are currently viewing रुपन्देही–३को उपनिर्वाचनका दलहरू शक्ति–परीक्षणमा

रुपन्देही–३को उपनिर्वाचनका दलहरू शक्ति–परीक्षणमा

७ भाद्र,२०८२ः २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको करिब तीन वर्षपछि प्रमुख राजनीतिक दलहरू फेरि शक्ति परीक्षणमा उभिन लागेका छन् । आगामी कात्र्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन हुँदैछ, जसलाई दलहरूले आगामी आम निर्वाचनको पूर्व अभ्यास र जनमत परीक्षणको रूपमा तयारी गरिरहेका छन् । कतिपयले यसलाई ‘मिनी जनमतसंग्रह’ नै घोषणा गरेका छन् । कांग्रेस, एमाले, रास्वपा, मधेसी मोर्चाको साथमा नाउपाका रेशम चौधरी पक्ष र बालेन टीमका उम्मेदवार नै अहिलेसम्मको मैदानमा बढी चर्चामा देखिएका छन् ।
२०७९ मा एमालेसँगको तालमेलमा राप्रपाका दीपक बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई २,६८१ मतान्तरले हराएका थिए । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए । तेस्रो स्थानमा रास्वपाका जीतबहादुर गुप्ता तेली (५,७९६) र चौथो स्थानमा नागरिक उन्मुक्तिका तुलसीप्रसाद थारू (४,७५१) रहेका थिए । २०७९ चैत १९ गते बोहराको निधन भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेपछि दलहरू यसको तयारीमा लागेका हुन् । समानुपातिक र स्थानीय तहमा कांग्रेस यस क्षेत्रमा पहिलो दल बनेको थियो । समानुपातिकमा कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९८६ र समानुपातिकमा तेस्रो स्थानको मत रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply