You are currently viewing लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरियतामा सुधार,अरू खेलाडीको अवस्था ?

लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरियतामा सुधार,अरू खेलाडीको अवस्था ?

२५ असार २०८२, बुधबार : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टी–२०आई वरियतामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने एक स्थान उक्लिएर ७४औँ स्थानमा पुगेका छन् । अघिल्लो महिना संदिप लामिछाने ७५ औं स्थानमा थिए ।

यस्तै, बलिङतर्फ ललित राजवंशी ५४औँ स्थानमा यथावत छन् । यस्तै,​ दीपेन्द्रसिंह ऐरी ८१औँ स्थानमै छन् । अलराउण्डर वरियतामा उनी तेस्रो स्थानमा कायम छन् ।

ब्याटिङतर्फ दीपेन्द्र ६१औँ स्थानमा यथावत छन् । कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र कुशल भुर्तेलको स्थिति पनि परिवर्तन भएको छैन ।

ओडिआई वरियतामा दीपेन्द्र बलिङमा एक स्थान सुधार गर्दै ७७औँ स्थान उक्लिएका छन् । ओडिआईमा सन्दीप र ललितको वरियता भने खस्किएको छ । ब्याटिङमा कुशल, आसिफ र रोहित शीर्ष १०० भित्र अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply