You are currently viewing विपिनको कप्तानीमा नेपाली यु-१६ क्रिकेट टोली घोषणा /@NepaliU16CricketTeam /@AccEastzonecup2025

विपिनको कप्तानीमा नेपाली यु-१६ क्रिकेट टोली घोषणा /@NepaliU16CricketTeam /@AccEastzonecup2025

असार ५,धनगढी : विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी यु-१६ इस्टन जोन कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले बिहीबार शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको उपकप्तानको जिम्मेवारी शूर्यान्सु कोइरालालाई दिइएको छ ।

एसिसी यु-१६ इस्ट जोन कप जुन २२ देखि जुलाई ६ सम्म मलेसियामा हुँदैछ । नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमामा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

 

यस संस्करणमा यी दुईसहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन् । प्रतियोगिताका खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी–युकेएम ओभलमा हुनेछ। नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानको सामना गर्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाली टोली
विपिनप्रसाद शर्मा (कप्तान) , शूर्यान्सु कोइराला (उपकप्तान),रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी, जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाईं (विकेटकिपर) ,सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, परिमर्जन यादव (विकेटकिपर), रोशन साही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply