You are currently viewing विपिनको कप्तानीमा नेपाली यु-१६ क्रिकेट टोली घोषणा /@NepaliU16CricketTeam /@AccEastzonecup2025

विपिनको कप्तानीमा नेपाली यु-१६ क्रिकेट टोली घोषणा /@NepaliU16CricketTeam /@AccEastzonecup2025

असार ५,धनगढी : विपिनप्रसाद शर्माको कप्तानीमा एसिसी यु-१६ इस्टन जोन कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले बिहीबार शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको उपकप्तानको जिम्मेवारी शूर्यान्सु कोइरालालाई दिइएको छ ।

एसिसी यु-१६ इस्ट जोन कप जुन २२ देखि जुलाई ६ सम्म मलेसियामा हुँदैछ । नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमामा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

 

यस संस्करणमा यी दुईसहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन् । प्रतियोगिताका खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी–युकेएम ओभलमा हुनेछ। नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानको सामना गर्नेछ ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाली टोली
विपिनप्रसाद शर्मा (कप्तान) , शूर्यान्सु कोइराला (उपकप्तान),रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी, जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाईं (विकेटकिपर) ,सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, परिमर्जन यादव (विकेटकिपर), रोशन साही

Leave a Reply