You are currently viewing सरकारका प्रमुख तहको उच्चस्तरीय सहभागिता जनाउने गरी कोप–३० का लागि नेपालको तयारी शुरु

सरकारका प्रमुख तहको उच्चस्तरीय सहभागिता जनाउने गरी कोप–३० का लागि नेपालको तयारी शुरु

३१ श्रावण,२०८२ः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) का लागि नेपालले तयारी शुरु गरेको छ । कोप ३० आउँदो कात्तिक २४ देखि मङ्सिर ५ गतेससम्म ब्राजिलको बेलेममा आयोजना हुनेछ ।
वन तथा वातावरण मन्त्रालयले हिजो नेपालका लागि ब्राजिलका राजदूत सहित विकास साझेदारका प्रतिनिधिसहितको बैठक गरी कोप–३० को तयारी थालेको हो । यस वर्षको सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण लगायत विषयमा छलफल केन्द्रित हुने छ ।
नेपालले गएको जेठमा सम्पन्न सगरमाथा संवादका निष्कर्ष ‘सगरमाथा आह्वान’ को हिमाल संरक्षणलगायत विषयलाई उठाउने तयारी थालेको छ । यस्तै जलवायु वित्तमा नेपालको पहुँचसहित विकसित देशहरुले जलवायु वित्त कोषमा गर्नुपर्ने लगानीका बारेमा पनि नेपालले कुरा प्रस्तुत गर्ने छ ।

नेपाल विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको देशमध्येमा पर्दछ । जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र तराई मधेशमा सुक्खा खडेरी देखिन थालेको छ । कोप–३० मा नेपालबाट राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको उच्चस्तरीय सहभागिता जनाउने गरी तयारी गरेको वन मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply