You are currently viewing सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित

सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित

२५ भाद्र,२०८२ः सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सर्वोच्चका मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना निकालेर पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको जानकारी दिएका छन् ।
जेनजीको प्रदर्शनकोक्रममा हिजो भएको आगजनीका कारण सर्वोच्च अदालत पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

सूचनामा मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको उल्लेख छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले झन्डै ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply