३१ श्रावण,२०८२ः शुक्रबार राति अवरुद्ध भएको साँफे–मार्तडी सडक आज (शनिबार) बिहान पुनः सुचारु भएको छ । अविरल वर्षाका कारण गत शुक्रबार बडिमालिका नगरपालिका–४, रिलामा खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडक खण्ड अन्तर्गत रिलास्थित सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा एक दिन यहाँका स्थानीलाई आउजाउमा समस्या भएको थियो । शनिबार बिहान उक्त सडकलाई डोजरले सफा गरेपछि यातायातका सवारी साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताए । बर्खाको समय यहाँको साँफे मार्तडी सडक खण्डमा ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले अवरुद्ध हुनेगर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?