You are currently viewing साफ यू २० महिला च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दै

साफ यू २० महिला च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दै

२९ असार,२०८२ : साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६:४५ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ । बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो ।

सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ । नेपाले पहिलो खेलमा भुटानलाई ६-० गोल अन्तरले परमजित गरेको थियो । नेपालको जीतमा पूर्णिमा राईको ४ र सेनु परियारको २ गोल गरेकी थिइन ।

त्यस्तै घरेलु टोली बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले हराएको थियो । च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ। डबलराउण्ड रोविनमा हुने च्याम्पियनसिपको शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ ।

 

नेपाली टोली :

बिर्सना चौधरी (कप्तान),लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply