१२श्रावण,२०८२ः सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरी एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उर्मिला हायुको १६ जनाको परिवार आइतबार रातिदेखि बेपत्ता भएका बुझिएको छ ।
एकै परिवारका १६ जना बेपत्ता हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । परिवारका सबै सदस्य बेपत्ता भएको सूचना पाएपछि प्रहरी तथा वडाका प्रतिनिधि पनि पुगेका छन् । उनीहरु पुग्दा घरमा पालिएका गाइबस्तु अलपत्र अवस्थामा रहेको पाइएको थियो । घरको चुलोको छेउमा सामान्य आगो लागेको बाहेक अन्य कुनै असामान्य गतिबिधि नदेखिएको वडा सचिव गायत्री भण्डारीले जानकारी दिइन् ।
वडा सचिव भण्डारीका अनुसार उनीहरुले बिहिबारमात्रै सिमान्तकृत समुदायले पाउने भत्ता बुझेका थिए । केही समयअघि एक जनाको फोन लागेको भएपछि अहिले फोन स्वीच अफ आएको छ । प्रहरीले अहिले उनीहरु खोजी सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?